त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, १४ वर्षपछि नयाँ नेतृत्व चुनिँदै

माैलिक संवाददाता 2140+ समाचार ( )
५ चैत्र २०७९, आइतबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म स्ववियु निर्वाचन हुन लागेको हो ।

प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन । स्ववियुले १४ वर्षपछि नयाँ नेतृत्व चयन गर्न लागेको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार