कञ्चनपुरमा प्रदेशस्तरीय औद्योगिक व्यापार मेला लाग्ने

माैलिक संवाददाता 1907+ समाचार ( )
२१ पौष २०७९, बिहीबार

कञ्चनपुर । जिल्लामा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव लाग्ने भएका छ । महेन्द्रनगरको खुला्मञ्चमा आउँदो फागुन १ देखि महोत्सव लाग्ने भएको हो ।

उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा सुदूरपश्चिम पर्यटन महोत्सवको तयारी भईरहेको संघका अध्यक्ष पिताम्बर जोशीले जानकारी दिए ।

महेन्द्रनगरको खुला मञ्चमा १० दिनसम्म चल्ने महोत्सवममा स्थानीय कला संस्कृत तथा उत्पादनको प्रस्तुतीसँगै राष्ट्रिय कलाकारहरुको सहभागीता रहने अध्यक्ष जोशीले बताए । महोत्सवको तयारीका लागि मुल आयोजक समितिसँगै १५ वटा उप–समिति गठन गरिएको अध्यक्ष जोशीले बताए ।

तीन सय स्टल रहने महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको अध्यक्ष जोशीले बताए। उनका अनुसार स्थानीय घरेलु उद्योग, महिला उद्यमीको उत्पादन तथा सुदूरपश्चिमका परम्परागत उत्पादन मेलामा राखिने छन्। उनले स्टल बुकिङ् समेत खुला गरिएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै