ऐश्वर्य विद्या निकेतनले ३० प्रतिशत शुल्क बढायो

माैलिक संवाददाता 733+ समाचार ( )
३२ आश्विन २०७९

धनगढी  कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको ऐश्वर्य विद्या निकेतनले एकैपटक ३० प्रतिशत शुल्क बढाएको छ । महंगी बढेको भन्दै उसले साउन १ गतेदेखि लागू हुनेगरी विद्यार्थीहरुसँग लिइरहेको शुल्कमा ३० प्रतिशत वृद्धि गरेको हो ।

विद्यालयले कोरोनाकालमा शुल्क वृद्धि नगरिएको, २०७७ को वैशाखदेखि भदौसम्म कुनै शुल्क नलिएको तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको र  सरकारले शिक्षक कर्मचारीको तलब वृद्धि गरेको कारण देखाउँदै शुल्क बढाएको जनाएको छ ।




प्रतिक्रिया