जिन्दगीको एउटा लहरमा
भेटिएको एउटा मान्छे
मानौं उ मेरो जिन्दगी बदल्न आएको हो।
कहिल्यै नदेखेर पनि देखिरहे जस्तो
कहिल्यै नभेटेर पनि भेटिरहे जस्तो
एउटा छुट्टै आभास बोकेर
एउटा जिन्दगी टुप्लुक्क आईपुगेथ्यो
मन्द मन्द मुस्कान बोकेर
मुस्कान संगसंगै लिएर आएका आशाहरु
फर्कदै गर्दा लिएर गएका निराशाहरु
सपनाभरी देखिँदा लाग्छ,
भनिदिउँ !
तिम्रो सादा जिन्दगीमा मेरो एक रंग मिसाईदेउ
अनि कोरिदेउ एउटा सुन्दर क्यानभास
म उभिउला तिम्रो नजिकै केही थप रंग बोकेर
अनि सघाउला अपुर्ण क्यानभासलाई पुर्ण बनाउन
म पर्खुला तिमीलाई घन्टौँ सम्म
र रहुँला तिम्रै समिपमा
जब सम्म सक्दैनौ तिमीले
बेग्लाबेग्लै रङ्गहरुलाई सहि आकार दिन
ती कुची चलाएका मैलो हातहरुलाई
सफाई म गर्नेछु
क्यानभासमा डुब्दा थाकेका मस्तिष्कलाई
आरामताको आभाष म दिलाउनेछु
मात्रै तिमी उठाईदेउ
मेरै अघिल्तिर
त्यो क्यानभास रूपी जिन्दगी
जुन जिन्दगीको लायक म बन्न सकुँ
मेरो जिन्दगीको लायक तिमी बन्न सक्नु।
क्यानभास
अमृता थापा मगर

२६ माघ २०७८, बुधवार
प्रतिक्रिया
ताजा समाचार

उन्मुक्तिले उपेन्द्रलाई पठायो पार्टी एकीकरणको प्रस्ताव पत्र
२४ माघ २०७९, मङ्गलबार

बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान
२४ माघ २०७९, मङ्गलबार

दुई महिना नपुग्दै प्रचण्ड सरकारमा ५ मन्त्रालय खाली
२४ माघ २०७९, मङ्गलबार

महिला च्याम्पियनसिप : नेपाल र भारत भिड्दै
२४ माघ २०७९, मङ्गलबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
२४ माघ २०७९, मङ्गलबार

जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था मन्त्रालय
२४ माघ २०७९, मङ्गलबार