न्यायाधीशसहित दुई जनालाई बर्खास्त गर्न सिफारिस

माैलिक संवाददाता 2140+ समाचार ( )
३ श्रावण २०७९, मङ्गलबार

काठमाडौँ । न्यायपरिषद् बैठकले थप दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सोमबार बसेको परिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौँका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । निधि उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको न्यायाधीशमा कार्यरत रहेका छन् ।

निधि राजविराजमा रहँदा र शर्मा सिरहामा कार्यरत रहँदा खराब आचरण देखाएको भन्दै छानबिनमा तानिएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार