बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ को चार गाउँका २४ घर पूर्णरुपमा भत्किएका छन् । जगन्नाथ गाउँपालिका वडा नम्बर २ को काँडाकोट, लुमा, हुनी, बस्केना र शेरा गाउँका २४ परिवारका घर अविरल वर्षाका कारण आएको पहिरोले भत्काएको थियो ।
पहिरोले घर भत्काएपछि अहिले ती परिवारहरूलाई बास बस्न पनि समस्या भएको छ । जगनाथ गाउँपालिका वडा नम्बर २ का गोरखे सार्कीले घर भत्किएपछि अहिले खुल्ला आकाशमा बसेको बताए। असोज १९ देखि २५ गते सम्म लगातार परेको वर्षाका कारण यहाँका स्थानीय खुल्ला आकाशमुनि बास बस्दै आएका छन् ।
यस्तै उनीहरुले खाद्यान्न, लुगा कपडाको समेत समस्या भएको बताएका छन् । यता, जिल्ला प्रशासन कार्यालय, बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने जगनाथ गाउँपालिका अधिकांशको घर निर्माणका लागि रकम खातामा हालिदिएको बताए ।
घर निर्माणका लागि नै सरकारले एक परिवारलाई ५ लाख रकम दिदै आएको उनले बता।