उन्मुक्तिले उपेन्द्रलाई पठायो पार्टी एकीकरणको प्रस्ताव पत्र

माैलिक संवाददाता 1692+ समाचार ( )
२४ माघ २०७९, मङ्गलबार

धनगढी । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले पार्टी एकीकरण गर्न कसरत गरिरहेकी छिन् । उनले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई कार्यगत एकता अथवा पार्टी एकीकरणको प्रस्ताव राख्दै औपचारिक पत्र पठाएकी छिन् । 

कार्यगत एकता वा पार्टी एकीकरण गर्न इच्छा वा अवधारणा भए यथाशीघ्र वार्ता गर्न अनुरोध गर्दै श्रेष्ठले पत्र पठाएकी हुन् ।

यसैगरी जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पनि मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ । यसअघि पनि संलोरामलाई राष्ट्रिय जनमुक्ति पार्टीले एकताको निम्ति औपचारिक पत्राचार गरेको थियो ।

जसपा र उन्मुक्तिको प्रस्ताव बारे प्रतिक्रिया दिँदै संलोरामका महासचिव अशोक चेम्जोङ्ले पहिचान पक्षधर शक्तिहरुबीच ध्रुवीकरण र एकता आवश्यक रहेको बताएका छन् । उनले पार्टीभित्र विचार, सिद्धान्त र मुद्दा मिल्ने दलहरुबीच वृहत् एकता गर्नुपर्ने मत बढेर गएको जिकिर गरेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार