सुदूरपश्चिममा सभामुखको भोलि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक

माैलिक संवाददाता 2140+ समाचार ( )
२७ पौष २०७९, बुधवार

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुख चयन प्रक्रिया आजदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिवालयले आज दिउँसोको १ बजेदेखि सभामुख चयन प्रक्रिया सुरु गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको हो । 

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा ज्येष्ठ सदस्य मानबहादुर रावलले सभामुख चयन प्रक्रियाका लागि पुस २७ गते दिनको १ बजेदेखि सुरु हुने गरि निर्वाचन कार्यतालिका बनाउन सचिव देवबहादुर बोगटीलाई निर्देशन दिएका थिए ।

निर्देशनपछि प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन पुस २८ गते गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेशसभा सचिव बोगटीले सभामुखको चयनका लागि पुस २८ गते दिउसो १ः०० बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको बताए । सचिवालयका अनुसार पुस २७ गते बिहान साढे १० बजेदेखि दिउसो साढे २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

यस्तै दिउँसो ३ बजे उम्मेदवारको नामावली प्रकाशन तथा ४ बजेसम्म दाबी बिरोध र बेलुकी ५ बजेभित्र उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै