माया मेट्रो अस्पतालका एक डाक्टर मृत भेटिए

माैलिक संवाददाता 1906+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

धनगढी । एक डाक्टर मृत फेला परेकी छिन् । धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन् । उनी आफ्नो घरमा मृत भेटिएकी हुन् ।

शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए ।

उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार