भजनी नगरपालिकामा बाढी प्रभावितका लागि स्नेह केन्द्र

माैलिक संवाददाता 2140+ समाचार ( )
१२ अशोज २०७९, बुधवार

धनगढी । भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ । 

केन्द्रमा असोज १ गते आएको बाढीले विस्थापित भएका गर्भवती तथा सुत्केरी महिला र बालबालिका गरी ९३ जना बसिरहेका छन् । यहाँ ४४ आमा, ४४ बच्चा र पाँच गर्भवती महिला आश्रय लिइरहेका छन् ।

ओरेक नेपाल र भजनी नगरपालिका मिलेर सञ्चालन गरेको स्नेह केन्द्रमा उनीहरुको खानपान, रहनसहन, सरसफाइ लगायत आवश्यक सबै व्यवस्था मिलाइएको छ । यसका साथै विपद्का समयमा हुनसक्ने मनोसमस्यालाई ध्यानमा राखेर उपचारका साथै मनोसामाजिक परामर्शसमेत दिने गरिएको ओरेक नेपाल कैलालीका अभिलाषा भण्डारीले जानकारी दिइन् । 

स्नेह केन्द्रमा महिलालाई विपद्पछि हुनसक्ने हिंसा, हिंसा भएमा के गर्ने, एकअर्कालाई कसरी सघाउने, तनाव व्यवस्थापन गर्ने तरिकासमेत सिकाउने गरिएको छ । विपद्का समयमा महिला तथा बालबालिकाको सुरक्षाका लागि गरिएको यो काम सराहनीय रहेको स्थानीय कृष्णा चौधरीले बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार