बलायरले आफैलाई भोट दिन नपाउने

माैलिक संवाददाता 2140+ समाचार ( )
२९ अशोज २०७९, शनिबार

धनगढी | प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन् । मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन् । सुदूरपश्चिममा यस्ता उम्मेदवारमा वीरबहादुर बलायर देखिएका छन् । बलायरले आफूलाई मत हाल्न पाउने छैनन् । डोटीमा मतदाता रहेका बलायर कैलाली-४ मा उठेका छन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति समेत रहेका बलायरसँग नेकपा एमालेबाट लेखराज भट्ट लड्दैछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार