गड्डाचौकी नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना

माैलिक संवाददाता 733+ समाचार ( )
३ श्रावण २०७९

महेन्द्रनगर  कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । युरोपेली आयोगको आर्थिक सहयोगमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सरकारसँग समन्वय गरी आयोगले निर्माण गरेको स्वास्थ्य सहायता कक्षको सोमबार उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री  गोविन्दराज बोहराले उक्त सहायता कक्षको उद्घटन गरेका हुन् । योसँगै नाकामै निर्माण गरिएको अन्य संरचनाको पनि सोमबार नै उद्घाटन गरिएको छ ।

उक्त कार्यक्रममा युरोपेली युनियनका राजदूत नोना डेप्पे्रेजको पनि सहभागिता रहेको थियो । स्वास्थ्य सहायता कक्षमा स्तनपान कक्ष, शौचालयलगायतका संरचना बन्नुका साथै विभिन्न जनचेतनामुलक सामग्री राखिएका छन् । 

प्रतिक्रिया