भागबन्डा नमिलेसम्म सरकारमा सहभागि नहुने : नागरिक उन्मुक्ति

माैलिक संवाददाता 2089+ समाचार ( )
१० श्रावण २०८०, बुधवार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई सर्मथन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ । पार्टी अध्यक्ष रञ्जिताले मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेखेर सरकारमा सहभागि हुन नसकिने बताइन् । सरकारमा सहभागी हुनका लागि भागबन्डा नमिलेको पत्रमा उल्लेख छ । 

संघीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रहेकी श्रेष्ठले पठाएको पत्रमा भनिएको छ- ‘पार्टीको केन्द्रको निर्णय र सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेकाले सहभागि नहुने जानकारी गराइन्छ ।’

पर्टी अध्यक्ष श्रेष्ठले मन्त्री, राजमन्त्री तथा विषयगत समितिको भागबन्डा नमिल्दा सरकारमा सहभागि हुन नसकिएको बताइन् ।

नागरिक उन्मुक्ति पार्टीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र एक राज्यमन्त्रीलाई मंगलबार प्रदेश सरकारमा पठाउने चर्चा थियो । तर, अध्यक्ष चौधरीले भागबन्डा नमिलेको पत्र मुख्यमन्त्रीलाई पठाएपछि सुदूरपश्चिम सरकारले अझै पूर्णता पाउन सकेन् । 

नागरिक उन्मुक्तिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा लक्ष्मण चौधरीको नाम सिफारिस गरेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार