कर्णाली प्रदेशको मुख्यमन्त्री बन्दै माओवादीका शर्मा

माैलिक संवाददाता 2140+ समाचार ( )
२७ पौष २०७९, बुधवार

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा बन्ने भएका छन् । प्रदेश प्रमुखले सरकार गठनका लागि समय दिएको आज अन्तिम दिन माओवादी केन्द्रका संसदीय दलका नेता शर्माले दाबी गर्ने भएका हुन् ।

शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको समर्थन रहेको छ । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका अनुसार बुधबार (आज) अपहाह्न ४ बजे बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गर्ने तयारी छ ।

प्रदेश प्रमुख परियारले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आहृवान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार