उपमहानगरद्वारा ‘आमा बचाउ अभियान’का लागि एम्बुलेन्स

माैलिक संवाददाता 1907+ समाचार ( )
२६ मंगशिर २०७९, सोमबार

धनगढी । धनगढी उपमहानगरपालिकाले आमा बचाउ अभियानका लागि एम्बुलेन्स प्रदान गरेको छ । उपमहानगरले १८ नम्बर वडालाई आज (सोमबार) एम्बुलेन्स प्रदान गरेको हो ।

नगरप्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले वडाध्यक्ष भुवन रिजाललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स हस्तान्तरण गर्दै नगरप्रमुख हमालले गर्भवतीलाई सुत्केरी गराउन अस्पतालसम्म पुग्नका लागि निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध हुने बताए । 

उनले नगरका अन्य वडाहरूमा समेत क्रमशः एम्बुलेन्स उपलब्ध गराउने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार