देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

माैलिक संवाददाता 2089+ समाचार ( )
२७ आश्विन २०८०, बुधवार

धनगढी । आज (बुधबार) सुदूरपश्चिमसहित सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस क्रममा कोशी, बागमती र गण्डकीमा भारी वर्षाको पनि सम्भावना छ ।

अहिले बिहान पनि कोशीका थोरै तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थनमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । 

लामिछानेका अनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । अनि कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना पनि छ । 

यस्तै राति पनि सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी तथा गण्डकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार