चुनावको बजेटमा कर्मचारीलाई मस्ती

माैलिक संवाददाता 2140+ समाचार ( )
२९ कार्तिक २०७९, मङ्गलबार

काठमाडौं । आसन्न निर्वाचन कतिपय कार्यालयका कर्मचारीका लागि कमाउने अवसर बनेको छ । दुर्गम जिल्लाहरुका बासिन्दाहरु चामल समेत नपाउने अवस्थामा रहँदा उच्च पदस्थ अधिकारीहरु भने चुनावको नाममा फजुल खर्चमा व्यस्त छन् ।

यसको उदारण आइतबार जुम्लामा देखियो । मुख्यसचिव लगायत उच्च पदस्थ अधिकारीहरु अनुगमनको नाममा घुम्नका लागि हेलिकोप्टर लिएर जुम्ला पुगे । अनुगमनका लागि किन उनीहरुले दुर्गम जिल्ला रोजे रु किनकी उनीहरु हेलिकोप्टर चढेर घुम्न चाहन्थे ।

सोही कारण सेनाको हेलिकोप्टर लिएर मुख्यसचिव शंकरदास बैरागी, गृहसचिव विनोद प्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा लगायत अधिकारी जुम्ला पुगेका छन् । अनुगमनका नाममा घुमघाम उनीहरुको मुख्य उदेश्य हो । सोही आधारमा उनीहरु दुई दिन लाखौं सकाएर घुमेर हेलिकोप्टरमै फर्किएका छन् ।

उच्च पदस्थबाट राज्यकोषको दुरुपयोग कसरी भइरहेको छ भन्ने यो एउटा उदारण मात्र हो । हरेक निकायमा यसैगरी यतीबेला बजेट सकाउने प्रतिस्पर्धा छ । निर्वाचन आयोगमा मतदाता शिक्षा कार्यक्रमका नाममा आफु निकट व्यक्तिहरुलाई लाखौंका प्रोजेक्ट बाँडिएको छ ।

पाँच तारे होटलमा कलाकार बोलाए मतदाता शिक्षाको कार्यक्रम गरिएको छ । जबकी सहरकै जनतालाई समेत आगामी निर्वाचनमा कतिवटा मतपत्रमा मत हाल्ने हो भन्ने जानकारी पुग्न सकेको छैन ।

गृह मन्त्रालयको अवस्था त्यस्तै छ । निर्वाचन सेलका नाममा तीन महिनादेखि उच्च पदस्थ कर्मचारीलाई भत्ता बाड्न थालिएको छ । मन्त्रालयका सहसचिवहरुलाई प्रदेश समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

तर, उनीहरुलाई नाम मात्रको जिम्मेवारी छ भत्ता भने नियमित बुझ्दै आएका छन् । जबकी फिल्डमा खटिने सुरक्षाकर्मीलाई भने खाजा भत्ता पनि दिइएको छैन । तर, गृहमन्त्री खाणको चुनाव प्रचारमा खटिएका उनका सचिवालयको टिमले समेत भत्ता भने लिदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार