लम्कीचुहामा कांग्रेसबाट मेयरका लागि दुई जनाको उम्मेदवारी दर्ता, ती को-को हुन् ?

माैलिक संवाददाता 2140+ समाचार ( )
१२ वैशाख २०७९, सोमबार

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा मेयरका लागि कांग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश कार्यसमितिबाट टिकट पाएका भक्त थापा र केन्द्रीय सभापति शेरबहादुर देउवाले टिकट दिएको भन्दै सुशीला शाहीले पनि उम्मेदवारी दर्ता गराएकी  हुन् ।

निर्वाचन अधिकृत हिरालाल चौधरीले सोमबार उनीहरूले नगरपालिकाको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएको बताए । पार्टीले जसलाई आधिकारिक मान्छ उसले चुनाव लड्न पाउने निर्वाचन अधिकृत चौधरीले बताए । 

दुबै जनाको पार्टीबाट प्राप्त टिकट सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कांग्रेस लम्कीभित्र तरंग पैदा हुनुका साथै आधिकारिक को भन्ने प्रश्नसमेत उब्जिएको छ। 

यता कैलाली जिल्ला कार्यसमिति सचिव नृप सुनारले भक्त थापा नै आधिकारिक भएको बताए तर शाहीले आफू पनि आधिकारिक उम्मेदवार भएको दाबी गरेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै