जुम्लामा बाढीपहिराले १० को मृत्यु

माैलिक संवाददाता 2140+ समाचार ( )
२६ अशोज २०७९, बुधवार

जुम्ला । एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट जुम्लामा १० जनाको मृत्यु भएको छ । एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।  

आज विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लामा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै उनले कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको बताए । प्रजिअ केशरीले भने, ‘गुठीचौर गाउँपालिकामा एक र हिमा गाउँपालिका एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिकाकै एक जना अझै बेपत्ता रहेका छन् । सदरमुकाम खलङ्गामा विद्युत्, सञ्चार एक सातादेखि अवरुद्ध छ ।’ 

उनका अनुसार जिल्लाभर ८५ भन्दा बढी घर पूर्णरूपमा र दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ । अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिपूर्तिको एकिन तथ्याङ्क सङ्कलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागि परेको उनले बताए । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार