बेलौरी साक्षर पालिका घोषणा

माैलिक संवाददाता 733+ समाचार ( )
३२ आश्विन २०७९

धनगढी  कञ्चनपुरको बेलौरी नगरपालिका साक्षर पालिका घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमबीच नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

नेपाल सरकारको स्वीकृत 'साक्षर नेपाल कार्यक्रम' अन्तर्गत १५ वर्ष देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर नगरपालिकाभरिमा ९६.८३ प्रतिशत पुगेको बताइएको छ । राष्ट्रभाषा वा मातृभाषाका वर्णका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, मूल्य सूचि र बिलको पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न जान्ने लगायतका मापदण्डका आधारमा व्यक्तिलाई साक्षर मानिएको बताइएको छ ।

२०७६ सालभित्र देशका सबै जिल्ला नै पूर्ण साक्षर घोषणा गरी नेपाललाई नै साक्षर देश घोषणा गर्ने लक्ष्य नेपाल सरकारको रहे पनि कोभिड १९ को महामारीका कारण कार्यक्रम प्रभावित भएको थियो ।

प्रतिक्रिया