बस दुर्घटनामा परि जापानमा दुई नेपाली विद्यार्थीको मृत्यु

Pradip Kumar Sah 21+ समाचार ( )
३ जेठ २०८०, बुधवार

धनगढी । जापानमा बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । सेन्दाईस्थित सहरमा मंगलबार साँझ बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् । थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाहरुले जनाएका छन् ।

सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो । जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार