बैतडीका ६ वटा स्वास्थ्य संस्था पोषणमैत्री घोषणा

माैलिक संवाददाता 2089+ समाचार ( )
२२ आश्विन २०८०, शुक्रबार

बैतडी । जिल्लाका ६ वटा स्वास्थ्य संस्था पोषणमैत्री घोषणा भएका छन् । पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि निर्धारण गरेका अनिवार्य मापदण्ड र सूचकहरू पुरा गरेका ६ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषण गरिएको हो । 

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टका अनुसार पाटन नगरपालिका–१ स्थित सकार स्वास्थ्य चौकी, पुर्चौडी नगरपालिकाका–१ को हाट स्वास्थ्य चौकी, शिवनाथ गाउँपालिका अन्तर्गतको श्रीपुर आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

यस्तै दशरथचन्द नगरपालिकाको त्रिपुरा सुन्दरी स्वास्थ्य चौकी, दशरथचन्द स्वास्थ्य चौकी र सुरपाल आधारभुत स्वास्थ्य सेवा केन्द्र पनि पोषणमैत्री स्वास्थ्य संस्थाको रुपमा घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए ।

जिल्लामा १०६ ओटा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरू रहेका छन् । पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि १० ओटा अनिवार्य मापदण्ड र १६ ओटा सूचकहरू पुरा गर्नुपर्ने हुन्छ ।

पोषण विशेष सम्बन्धी कार्यक्रम उपलब्ध भएको, स्वास्थ्य संस्थामा खानेपानी तथा स्वच्छता सम्बन्धी निम्न पूर्वाधारहरू पूरा भएको, सेवाग्राही तथा सेवा प्रदायकका लागि पहुँचयुक्त र सफा शौचालयको व्यवस्था भएको, बच्चाको तौल लिने मेसिन, उचाई, लम्बाइ लिने मेसिन, टेप उपलब्ध भएको लगायतका १० ओटा अनिवार्य मापदण्ड पुरा गर्नुपर्ने प्रमुख भट्टले बताए ।

यस्तै ६ देखि ५५ महिनाका बालबालिकाले वर्षमा दुई पटक भिटामिन ए क्याप्सुल पाएको, गर्भवती महिलाले कम्तिमा ८ पटक पूर्व प्रसूति जाँच गरेको ,६ देखि ५५ महिनाका बालबालिकाले वर्षमा दुई पटक भिटामिन ए क्याप्सुल पाएको, खोपयुक्त स्वास्थ्य संस्था भएको लगायतका १६ ओटा सूचकहरू पुरा गर्नुपर्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै