हसुलीयामा ‘नाइरोबी फ्लाई’ सङक्रमणका ४ जना बिरामी भेटिए

माैलिक संवाददाता 733+ समाचार ( )
२७ आश्विन २०७९

धनगढी । कैलालीमा ’नाइरोबी फ्लाई’ सङक्रमणका ४ जना विरामी भेटिएका छन् ।

बर्खायामसँगै जिल्लाको कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रमा उक्त किराका कारण सङ्क्रमित भएका विरामी भेटिएका हुन् ।

आइतबार हसुलियास्थित मिरर हस्पिटलको ओपिडीमा देखाउन आएका मध्ये ४ जनामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

आइतबार पानी फोका रातो धर्का भएको एलर्जी समस्या लिएर उनीहरू अस्पताल पुगेका थिए । उक्त समस्या ’नाइरोबी फ्लाई’ को संक्रमणको कारण भएको अस्पताल अध्यक्ष अशोक शाहले बताए ।

उनले आज मात्रै ओपिडीमा देखाउन आएका चार जनामा सङ्क्रमण देखिएको बताए ।

हस्पिटलको ओपिडीमा देखाउन आएका चार जनामा सङ्क्रमण देखियो, उनले भने, अहिले उनीहरू उपचारपछि घर फर्किसकेका छन् । 

भारतीय सीमा नजिक रहेको उक्त क्षेत्रमा नाइरोबी फ्लाई किराको सङ्क्रमण देखिन थालेको हो । सो क्षेत्रमा ’नाइरोबी फ्लाई’ किराको सङ्क्रमण देखिएको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । 

प्रतिक्रिया