अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

माैलिक संवाददाता 2089+ समाचार ( )
२२ चैत्र २०७९, बुधवार

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई त्यहाँको प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो । बीबीसीले जनाए अनुसार प्रहरीले नियन्त्रणमा लिए पनि उनलाई हत्कडी भने लगाइएको थिएन । 

उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए । 

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । ट्रम्पमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार