रमजान पर्व आजबाट सुरु

माैलिक संवाददाता 2140+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

काठमाडौं । इस्लाम धर्मावलम्बीको पर्व रमजान सरु भएको छ । यो पर्वमा मुस्लिम समुदायले एक महिनासम्म बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई रोजा बस्ने गर्छन् ।

उर्दू क्यालेण्डर अनुसार बिहान सवा ४ बजेबाट बेलुका ६ बजेर २० मिनेट सम्म निराहार बस्नुलाई रोजा भन्ने गरिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन हुने गर्छ । रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ ।

दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु यो महिनाको मुख्य विशेषता हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार