आईपीएल : उपाधिका लागि गुजरात र चेन्नई भिड्दै

माैलिक संवाददाता 2089+ समाचार ( )
१४ जेठ २०८०, आइतबार

धनगढी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स भिड्दैछन् ।

खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए । पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

गुजरात दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा पपुगेको हो । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको पहिलो वर्ष नै गुजरातले उपाधि जितेको थियो । चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशौँ पटक हो ।

यस सिजनको आईपीएल विजेता टोलीले २० करोड भारु नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेता टोलीले १३ करोड भारु दिइनेछ । त्यसैगरी तेस्रो र चौथो हुने टोलीले पनि ७/७ करोड रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार