कैलालीमा करणी आरोपमा भारतीय नागरिक पक्राउ

माैलिक संवाददाता 1906+ समाचार ( )
१५ चैत्र २०७९, बुधवार

धनगढी । कैलालीमा करणी आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्। नाबालिक बलात्कारको आरोपमा भारतीय नागरिक उत्तरप्रदेशको रामपुर जिल्ला क्यामरी थाना घर भएका ५० वर्षीय रिजवान खानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–१३ मा डेरागरी बस्दै आएका उनीमाथि गत चैत्र १० गते ६र७ वर्षकी एक नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।

खानले बालिकालाई बिस्कुटको प्रलोभन देखाई आफ्नै डेरामा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका खानलाई हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार