बैतडीमा जलवायु परिवर्तन सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

माैलिक संवाददाता 2089+ समाचार ( )
१४ जेठ २०८०, आइतबार

बैतडी । जिल्लामा जलवायु परिवर्तन सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा दुई दिने जलवायु परिवर्तन सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

सेटीगाउँ बहुमुखी क्याम्पसको आयोजना, डिलाशैनी गाउँपालिकाको आर्थिक सहयोग, एनवाइसिए बैतडी र स्ववियुको प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो । कार्यशाला सेटीगाउँ बहुमुखी क्याम्पस, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज र गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा अध्ययनरत ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यशालामा जलवायु परिवर्तनका असर, यसले पार्ने प्रभाव र प्रभाव न्यूनीकरणका बिषयमा छलफल भएको सेटीगाउँ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनिलकुमार बिष्टले बताए । विश्वव्यापी जटिल समस्याको रूपमा देखा परिरहेको जलबायु परिबर्तनको समस्यासंग जुध्न समुदायस्तरमा जनशक्ति निर्माणका लागि कार्यशालाको आयोजना गरिएको सेटीगाउँ बहुमुखी क्याम्पसका स्ववियु सभापति मोहन बोहराले बताए ।

कार्यशाला गोष्ठीको समापन गर्दै डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जलवायु परिवर्तनका बिषयमा युवाहरुलाई जानकारी दिनका लागि गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए । क्याम्पसमा आयोजना हुने हरेक रचनात्मक कामलाई पालिकाले सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै