२ जेठ २०८०, मङ्गलबार

धनगढी । आज काठमाडौंसहित देशका केही भागमा पानी पर्ने सम्भावना रहेको छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । काठमाडौंमा आज बिहान बदली रहेको छ भने साँझ मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति कोसी, वाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै