भारतमा कोरोना संक्रमण बढ्दै, सोमबार मात्रै थप ३० जनाको मृत्यु

माैलिक संवाददाता 2140+ समाचार ( )
१३ वैशाख २०७९, मङ्गलबार

कैलाली । भारतमा कोरोना भाइरसको संक्रमणबाट थप सोमबार ३० जनाको मृत्यु भएको छ । सो दिन थप २ हजार ५ सय ४१ जना संक्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात आईतबार भने २ हजार ५ सय ९३ जना संक्रमित थिए । नयाँ संक्रमितमध्ये १ हजार ८३ जना दिल्लीका मात्रै हुन् ।

दिल्लीमा केही दिनयता संक्रमण दर बढेको छ । लगातार तेस्रो दिन एक हजारभन्दा बढी केस भेटिएको छ । सक्रिय संक्रमित करिब ४ हजार जना छन् । भारतमा अहिलेसम्म ४ करोड ३० लाख ६० हजार ८६ जना संक्रमित भइसकेका छन्  ।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५ सय २२ जना संक्रमित अवस्थामै रहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार