सफाइ तथा सरसफाइ सामग्री उत्पादन र वितरणमा अग्रणी रहेको सदित्य ट्रेड कन्सर्न प्रा.लि. ले मिनबहादुर सिंहलाई व्यवसाय विकास अधिकृत (Business Development Officer) पदमा औपचारिक रूपमा नियुक्त गरेको छ। कम्पनीले हालैको बोर्ड निर्णयअनुसार सिंहलाई यो जिम्मेवारी प्रदान गरेको हो।
कम्पनीका अनुसार, “मिनबहादुर सिंहले बजार विस्तार, ग्राहक सन्तुष्टि, बिक्री रणनीति र ब्रान्ड प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। उहाँको अनुभव र लगनशीलताले कम्पनीलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छ,” उनले बताए।
Advertisement
सदित्य ट्रेड कन्सर्न प्रा.लि. का मुख्य उत्पादनहरूमा फिनाइल, हरपिक, लिक्विड साबुन, टाइल क्लिनर, ह्यान्ड वास र कोलिन जस्ता घरायसी सरसफाइ सामग्रीहरू रहेका छन्। यी उत्पादनहरू कम्पनीले “सस्तो मूल्यमा गुणस्तरीय वस्तु” भन्ने मूल मन्त्रका साथ बजारमा उपलब्ध गराउँदै आएको छ।
उत्पादनहरू ५ लिटर, १ लिटर र आधा लिटरका प्याकेजमा बजारमा पाइने गर्छन्। कम्पनीले आफ्ना उत्पादनहरू विद्यालय,
अस्पताल, कार्यालय तथा घरायसी प्रयोगकर्तामाझ लोकप्रिय बनाउन नियमित प्रचार-प्रसार र बजार अनुगमन कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।
Advertisement
कम्पनीका अनुसार, सदित्य ट्रेड कन्सर्नले स्थानीय कच्चा पदार्थ र जनशक्ति प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। “हामीले उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय सरसफाइ वस्तु उपलब्ध गराउँदै स्वदेशी उत्पादनको सशक्त विकल्प दिन खोजेका हौं,” कम्पनीले जनाएको छ।
व्यवसाय विकास अधिकृत सिंहले आफ्नो नियुक्तिपछि प्रतिक्रिया दिँदै भने, “म सदित्य ट्रेड कन्सर्नको उत्पादनलाई देशभरका ग्राहकसम्म पुर्याउने, बजार विस्तार गर्ने र उपभोक्ताको विश्वास जित्ने दिशामा काम गर्नेछु।”
Advertisement
सदित्य ट्रेड कन्सर्न प्रा.लि.ले पछिल्ला वर्षहरूमा आफ्नो उत्पादन दायरा विस्तार गर्दै सफा, स्वच्छ र स्वास्थ्यकर समाज निर्माणमा योगदान पुर्याउँदै आएको छ। कम्पनीले निकट भविष्यमा नयाँ प्रकारका सरसफाइ सामग्री बजारमा ल्याउने तयारी समेत गरेको जनाएको छ।
No popular posts found.













प्रतिक्रिया