सिनेमाघरमा ‘ईश्वर’ र ‘ब्ल्याक छायाँ’

धनगढी । देशभरका सिनेमा घरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत सिनेमाघरमा आएका चलचित्र हुन् राजु गिरी निर्देशित चलचित्र ‘ईश्वर’ र आरएल लामा मोक्तान निर्देशित चलचित्र ‘ब्ल्याक छायाँ’ ।

अभिनेत्री अनु शाहले झण्डै पाँच वर्षपछि कमब्याक गरेको चलचित्र ‘ईश्वर’ हो । अन्तरजातीय प्रेम सम्बन्धको आयामलाई मियो बनाएर कथावाचन गरिएको ‘ईश्वर’मा अनुसहित सुनिल थापा, शिशिर वांगदेल, माओत्से गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, पृथ्वीराज प्रसाईं, ध्रुव थापा, कृष्टि गुरुङ, सुविन बाँस्तोला, युवराज गिरीलगायतको अभिनय छ । लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा हरिबहादुर थापा रहेका छन् ।

Advertisement

निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको यो चलचित्रमा रामेश्वर हुमागाईंको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बिपी वाग्लेको संगीत छ ।

यस्तै, शुक्रबारदेखि सिनेमाघरमा आएको चलचित्र हो ‘ब्ल्याक छायाँ’ । यो चलचित्रले पारिवारिक, सामाजिक र प्रेमकथा समेटेको छ । चलचित्रमा नीर शाह, सुनिल थापा, सलोन बस्नेत, रुविना थापा, रविन्द्र झा, जाहृन्वी बस्नेत, बुद्धि तामाङ, राजेन्द्र खड्गी, आर।एल। लामा मोक्तान, शारदा गिरी ‘काली बुढी’, शोभित बस्नेत, सुस्मा कार्की, निमा दोर्जे मोक्तान, धीरेन शाक्यलगायतका कलाकारको अभिनय छ ।

Advertisement

रेल्लुमाया तामाङ, बिना दुरुङ, च्याङ मगर ९मैना० र आर। सोनाम मोक्तान निर्माता रहेको चलचित्रमा श्यामबहादुर मोक्तान कार्यकारी निर्माता रहेका छन् । सञ्चु थोकर लामाको छायांकन रहेको चलचित्रमा गौतमराज खड्काको सम्पादन छ । भिएफएक्स र कलर समिर मियाँ, गीत तथा संगीत राजेन्द्र बजगाईं तथा युवराज कँडेल र मीना निरौलाको स्वर छ । चलचित्रको कथा, पटकथा, संवाद र निर्देशन आर।एल। लामा मोक्तानले गरेका छन् ।

Advertisement