एआईले आम मानिसको जीवनमा पार्ने प्रभावबारे सोध्नैपर्ने सात प्रश्न

आई र रोबोटिक्ससँग मानव जीवनमा सुधार ल्याउने ठूलो सम्भावना छ । साथै, यसले अहिलेसम्म सामना नै नगरेको स्तरका भयानक जोखिमहरू पनि ल्याउन सक्छ । हाम्रो चासो र नियन्त्रण कायम रहेन भने यी प्रविधिले हाम्रा सामु अनेक चुनौती खडा गर्ने निश्चित छ ।
जसलाई हामी बुँदागत रूपमा निम्नानुसार उल्लेख गर्न सक्छौँस्
अनुत्तरदायी वैश्विक सम्भ्रान्तहरूको उदय
एलन मस्क, ल्यारी एलिसन, जेफ बेजोस, मार्क जुकरबर्गलगायत संसारका सबैभन्दा धनी मानिसहरू एआई र रोबोटिक्स जस्ता नयाँ प्रविधिमा खर्बौँ डलर लगानी गरिरहेका छन् । उनीहरू उदारताका कारण त्यसो गर्दै छैनन् । उनीहरूलाई अझै बढी सम्पत्ति र शक्ति चाहिएको छ । के यिनै मुठीभर खर्बपतिहरूले हाम्रो आर्थिक एवं राजनीतिक जीवनमा अभूतपूर्व प्रभाव पार्न लागेपछि लोकतन्त्र टिक्न सक्ला त रु

ठूलो सङ्ख्यामा रोजगारी गुम्ने
अर्थशास्त्रीहरू एआई र रोबोटिक्स फैलिँदै जाँदा लाखौँ रोजगारी गुम्न सक्ने चेतावनी दिइरहेका छन् । कामदारहरूका लागि रोजगारी नहुँदा उनीहरूको अवस्था के होला रु आम मानिसहरू आम्दानीबिना कसरी बाँच्छन् होला रु उनीहरूले आफ्नो बासस्थान, स्वास्थ्य, खानेकुरा लगायतका अन्य आधारभूत आवश्यकताहरू कसरी खरिद गर्लान् ?

Advertisement

सामाजिक एक्लोपन एवं मानसिक रोग
युवाहरू अहिले नै भावनात्मक सहयोग खोज्न एआई ‘साथी’ खोज्न थालेका छन् । मानिसहरू आफ्ना दौँतरी साथीहरूसँग भन्दा बढी मेसिनहरूसँग अन्तरक्रिया गर्न थाल्दा मानवताको हालत के हुँदो हो ?

गोपनीयतामाथि पूर्ण हमला
हामीमध्ये प्रत्येकको फोन कुराकानी, इमेल, म्यासेज, इन्टरनेट सर्च, वित्तीय कारोबार तथा हिँडडुल सबैलाई एआई कम्पनीका साहुहरूले ट्रयाक गर्न सक्छन् र कतिले गरी नै रहेका छन् । त्यसो हुँदा अब गोपनीयताको अवधारणा असान्दर्भिक भएको हो रु यो स्तरको चियोचर्चो र सूचना नियन्त्रणले अनिवार्य रूपमा अधिनायकवाद निम्त्याउँदैन र ?

Advertisement

युद्धको सम्भावना
सेनामा रोबोटहरूले मान्छेलाई विस्थापन गर्दै जाँदा नेताहरू अझै विनाशकारी द्वन्द्वमा संलग्न हुन पो चाहने हुन् कि रु के आउने दिनमा हामी रोबोट सेना बढाउने दौड देख्न बाध्य हुनेछौँ ?

पर्यावरण विनाश
एआई डेटा सेन्टरहरू ठूलो मात्रामा बिजुली र पानी खपत गर्छन् । त्यस्ता डेटा सेन्टरहरू बनाउँदा पावर ग्रिडहरूमा तनाव बढ्दैन र रु कार्बन उत्सर्जन थप हुँदैन र रु सामान्य उपभोक्ताहरूले आफ्नो बिजुलीको बिलमा ठूलो मात्रामा वृद्धि भएको पाउने हुन् कि ?

Advertisement

पृथ्वीमा मानिसको कमजोर नियन्त्रण
केही ठूला प्रविधि कम्पनीका सीईओहरू एआईले छिट्टै मानव बुद्धिमत्तालाई उछिन्न सक्ने ठान्छन् । साँच्चै हामी आफैँले सिर्जना गरेका तथा गर्ने वस्तुहरूमाथि सही ढङ्गले नियमन गर्न सकेनौँ भने के हुन्छ रु यसले मानव अस्तित्वकै खतरा सिर्जना पो गर्ने हो कि ?

आउने दिनमा हामीले प्रविधि खासगरी एआई र रोबोटिक्सबारे चिन्तन, मनन र छलफल गर्दा पक्कै पनि यी प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्नैपर्छ । नीति निर्माण तथा अभियानहरूमा यी प्रश्नले अनिवार्य ठाउँ पाउनुपर्छ ।

(द नेसनबाट)