धनगढी । कैलालीबाट खैरो हेरोइनसहित एकै दिन ६ जना पक्राउ परेका छन् । जिल्लाको जोशिपुर गाउँपालिका–१ पिपलकोटीबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ६३० मिलिग्रामसहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–८ खैरा बस्ने २७ वर्षीय किरण चौधरी, सोही नगरपालिका–६ थापापुर बस्ने १८ वर्षीय किशोर, जानकी गाउँपालिका–४ कञ्चनपुर बस्ने २४ वर्षीय श्याम कठरिया र २२ वर्षीय रुपेश कठरिया रहेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, उनीहरुले प्रयोग गरेको मोटरसाइकल थान–२ सहित चारै जनालाई पक्राउ गरेको जनाएको छ ।
Advertisement
यसैगरी, कैलाली लम्कीचुहा नगरपालिका–७ बजारबाट अवैध लागूऔषध खैरो हेरोइन ५५० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय रेहान चौधरी र २७ वर्षीय अजय चौधरी रहेका छन् । यी दुबै जनालाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ ।





















प्रतिक्रिया