काठमाडौं । बाढीपहिरोपछि खानेपानीका स्रोत प्रभावित हुँदा रसुवामा हैजा फैलिन सक्ने जोखिम बढेको छ।
सम्भावित संक्रमण रोकथामका लागि जिल्लामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।
Advertisement
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहान रसुवा पुर्याइएको हो।
बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आवश्यक औषधि, खोप र स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।
Advertisement
मन्त्रीको निर्देशनपछि प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउनेसँगै रोगको निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बाढीका कारण खानेपानीका मुहान र वितरण प्रणालीमा क्षति पुगेकाले हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेको अधिकारीहरूको भनाइ छ।
Advertisement
त्यसैले प्रभावित क्षेत्रमा संक्रमण रोकथाम, रोगको समयमै पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।






















प्रतिक्रिया