काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
Advertisement
शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ घटेको छ। महासंघले आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ तोकेको छ।
Advertisement
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।






















प्रतिक्रिया