त्रिशूली–३ ए मा उद्धार कार्य जारी, भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौँ । त्रिशूली–३ ए आयोजनास्थलमा उद्धार कार्य जारी रहेको छ। उद्धारका क्रममा संरचनाभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको उद्धारस्थलमै रहेका सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन् ।

सांसद न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारीअनुसार उद्धार टोलीले भित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको छ।

Advertisement

उनका अनुसार भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएपछि उद्धार टोलीले थप सावधानीका साथ उद्धार कार्य अघि बढाइरहेको छ।

उद्धार कार्य अझै जारी रहेकाले घटनाको थप विवरण आउन बाँकी छ।

Advertisement