नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका वर्ष पुरा भैसक्दा पनि नेपालका विपन्न गरिव जनताले लोकतान्त्रिक व्यवस्थाको कुनै अनुभूति गर्न सकिरहेका छैनन् ।
निरंकुश राजतन्त्रको अन्त्यपछि त सारा भोका नांगा जनताले खान पाउने छन्, आफ्नो घरमा बस्न पाउने छन् भन्ने जुन आम बुझार्इ थियो त्यो बुझाई हाल आएर केवल सपना सरह भएको छ ।
Advertisement
विपन्नलाई खाना र नानाको व्यवस्था हुन नसक्दा लोकतान्त्रिक व्यवस्थाप्रति उनीहरुको वितृष्णा बढेर गएको छ ।
देशको व्यवस्था बदलिए पनि अवस्थामा खासै सुधार भने आउन सकेको छैन ।
देशको अवस्था बदल्नका लागि आम गरिव विपन्न र निमुखा जनतालाई आत्म निर्भर बनाउन जरुरी छ ।
Advertisement
लोककल्याणकारी राज्य व्यवस्थामा जनताले बाच्न पाउने अधिकारलाई राज्यले पूर्ण रुपमा प्रत्याभूति दिने दिशामा सोच्न जरुरी छ ।
जबसम्म निम्न आय वर्गको तहमा विकासको अनुभूति पुग्न सक्दैन तबसम्म देशले आमूल परिवर्तन गर्न संभावना पनि देखिदैन ।
सरकारले नेपालमा रहेका अति विपन्न नागरिकको यर्थात विवरण संकलन गरेर उनीहरुको लागि सीप, तालिमको उचित व्यवस्थापन गर्न र खाद्यान्नमा उनीहरुको लागि रासन कार्डको व्यवस्था गरेर सर्वसुलभ तरिकाले खाद्यान्न खरिद गरेर जीविकोपार्जन गर्न सक्ने वातावरण तयार गर्न जरुरी देखिन्छ ।
प्रतिक्रिया