अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा बोहरा

माैलिक संवाददाता 2140+ समाचार ( )
२४ आश्विन २०८०, आइतबार

अत्तरिया । अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा कल्याणसिंह बोहरा विजयी भएका छन् । उनी ५९४ मत पाएर निर्बाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मिना देबी देउबाले ५७० मत ल्याएकी छन् । अध्यक्षका उम्मेदवार कबिराज भट्टले ७३ मत मात्रै पाएका छन् ।

बरिष्ठ उपाध्यक्षमा देउवा प्यानलका दलबहादुर खड्काले (उद्योग) ७११, फागुराम चौधरीले (बाणिज्य) ६५२ मत पाएर निर्बाचित भएका छन भने उपाध्यक्षमा बोहरा प्यानलका चेतराज पन्तले (वस्तुगत)मा ६४४ मत पाएर निर्बाचित भएका छन् ।

उपाध्यक्ष पदका प्रतिस्पधि बोहरा प्यानलका यज्ञराज जोशीले (उद्योग) ५३२, देवराज भट्ट (बाणिज्य) ५८२ र देउवा प्यानलका लक्ष्मणबहादुुर धामीले (बस्तुगत) ५७५ मत पाएका छन् ।

महासचिबमा बोहरा प्यानलका शंकर बहादुर खड्काले ६२८ मत सहित विजयी भएका छन । महासचिवमा खड्काका प्रतिस्पधी देउवा प्यानलका अर्जुन सिह खड्काले ५९६ मत पाएका छन् ।

कोषाध्यक्ष पदमा बोहरा प्यानलका हेमराज भण्डारीले ६२६ मत पाएर विजयी भएका छन । उनका प्रतिस्पर्धी दिपकराज भट्टले ५९६मत पाएका छन् ।

सचिबमा बोहरा प्यानलका दिलिप कुमार साउंदले ६९५ मत पाएर निर्बाचित भएका छन । उनका प्रतिस्पर्धी देउबा प्यानलका हर्क बहादुर बिकले ४९९ मत मात्रै पाए ।

कार्यसमिती सदस्यमा बोहरा प्यानलका ३ जना र देउबा प्यानलका १ जना निर्बाचित भएका छन् । बोहरा प्यानलबाट रमेश भट्टराई, बमबहादुर बोगटी, ज्ञानेन्द्र खड्का र देउबा प्यानलबाट बालकृष्ण ओझा निर्बाचित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार