पञ्चेश्वरमा उपाध्यक्षको कोसेली कार्यक्रममा अनियमितता

माैलिक संवाददाता 2140+ समाचार ( )
२५ श्रावण २०७९, बुधवार

धनगढी  बैतडीको पञ्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा उपाध्यक्षको कोसेली कार्यक्रम अन्तर्गत खरिद भन्दा कम सामग्री वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार गाउँपालिकाले ३२० थान विभिन्न सामग्री खरिद गरेको भएपनि २५७ थान मात्रै वितरण गरेको छ ।

उक्त कार्यक्रम अन्तगर्त ९८ हजार १३४ रुपैयाँ बराबरको सामग्री बढी खरिद गएिको देखिएको हो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा वितरण गर्नुपर्ने सामग्री २०७७/७८ मा वितरण गरेको पाइएको छ । प्रतिवेदनमा त्यसरी वितरण गरिएको सामग्रीको १ लाख ४६ हजार ४२२ रुपैयाँ अनियमित रहेको उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार