अस्पतालमा बिरामीको मृत्यु प्रकरण : अत्तरियामा सवारीसाधन ठप्प

माैलिक संवाददाता 2140+ समाचार ( )
१९ चैत्र २०७८, शनिबार

धनगढी । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले सवारीसाधन ठप्प पारेका छन् । अस्पतालमा तोडफोड गरेपछि उनीहरुले यातायातका साधन चल्न नदिएका हुन् ।

शनिबार बिहान गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन्। स्थानीयले डाक्टरको लापर्बाहीका कारण झाडापखाला भएका बोहराको ज्यान गएको भन्दै अस्पतालमा ढुंगामुडा गरेका थिए।

ढुंगामुडा प्रहारबाट अस्पताल बाहिरका सिसा फुटेका छन्। आक्रोशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको थियो। सोही कारण झनै आक्रोशमा आएका स्थानीयले अत्तरिया बजारमा प्रदर्शन गरिरहेका छन्। अत्तरिया चोकमा ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै