'क्रोएशिया पठाइदिन्छु भन्दै' २ लाख ठगी गर्ने पक्राउ

माैलिक संवाददाता 2140+ समाचार ( )
२७ जेठ २०७९, शुक्रबार

काठमाडौं । 'क्रोएशिया पठाइदिन्छु भन्दै'ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मोरङ विराटनगर-२० घर भई काठमाडौं-१० बस्ने ३६ वर्षीय उत्सव दाहाललाई पक्राउ गरेको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार उनले एक पीडितलाई वैदेशिक रोजगारको लागि क्रोएशिया पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ लिएका थिए । तर त्यसपछि उनी सम्पर्कबिहीन भएका थिए ।

सम्पर्कबिहीन भएपछि पीडित वैदेशिक रोजगार विभाग पुगेका थिए । विभागले पत्राचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका दाहाललाई प्रहरीले विभागमा बुझाईएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार