कुपोषित बालबालिका खोज्दै पालिका

माैलिक संवाददाता 2140+ समाचार ( )
१ जेठ २०८०, सोमबार

बैतडी । जिल्लामा कुपोषित बालबालिकाको खोजी सुरु भएको छ । सुर्नया गाउँपालिकाले कुपोषित बालबालिकाहरुको खोजी कार्य सुरु गरेको हो । 

सुर्नयले प्रत्येक वडाका हरेक घरधुरीमा पुगेर कुपोषित बालबालिकाको खोजी गर्न लागेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । 

जेड स्कोरिङ विधिबाट कुपोषित बालबालिकाहरुको खोजी भइरहेको पालिकाले बताएको छ । जन्मेको ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुको चेकजाँच गरेर कुपोषित भेटिएमा उनीहरुलाई उपचार ल्याउने गरिएको महराले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार