महङ्गी बढेर ७.८७ प्रतिशत पुग्यो, खाद्य तथा पेय पदार्थ सबैभन्दा बढी महङ्गो

माैलिक संवाददाता 2140+ समाचार ( )
२७ जेठ २०७९, शुक्रबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक बर्षको वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो । 

बैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको छ । वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फिति ५.८४ प्रतिशत रहेको छ ।

वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत रहेको छ । 

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको छ । बैशाखमा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.१५ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत र हिमालमा ८.२१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ३.६२ प्रतिशत, ३.५१ प्रतिशत, ४.१४ प्रतिशत र १.३३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

सोही समयमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १६.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०५ प्रतिशत रहेको थियो । २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत थोक मुद्रास्फिति ८.७१ प्रतिशत रहेको छ । 

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २२.२० प्रतिशत, १३.९७ प्रतिशत र ७.९७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २६.८२ प्रतिशत रहेको छ ।

वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ७.८७ प्रतिशत र सन् २०२२ अप्रिलमा भारतमा ७.७९ प्रतिशत रहेको छ । यस आधारमा भारतमा भन्दा नेपालमा महङ्गी ०.८ प्रतिशतले बढी रहेको छ । 

https://drive.google.com/file/d/1y6cOMD3ZD7oyaS_TyjY1qKOgibU5E3hE/view

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै