समाजवादी मोर्चाको नेतृत्व ६/६ महिनामा फेरिने

माैलिक संवाददाता 2140+ समाचार ( )
२४ आश्विन २०८०, आइतबार

काठमाडौं । समाजवादी मोर्चाको नेतृत्व ६/६ महिनामा परिवर्तन गरिने सहमति भएको छ । शनिबार बसेको मोर्चाको बैठकमा आवद्ध दलहरुले ६/६ महिनामा नेतृत्व परिवर्तन गर्ने समझदारी गरेका हुन् ।

मोर्चाको अध्यक्षता ६/६ महिनामा पालैपालो गर्ने समझदारी भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

‘सामान्यतया यो मोर्चाको ६र६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल) ले ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ । यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ, लगभग समझदारी त्यही छ । समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ’ उनले भने ।

यसअघि मोर्चामा नेतृत्व आलोपालो गर्ने समझदारी भए पनि कति कति समयमा नेतृत्व गर्ने भन्ने तय भएको थिएन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै