नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको अध्यक्षमा महतो

माैलिक संवाददाता 2140+ समाचार ( )
७ श्रावण २०८०, आइतबार

धनगढी । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ (नेफोस्टा) को ‘फार वेस्ट च्याप्टर’ गठन भएको छ । शनिबार धनगढीमा आयोजित साधारण सभाले प्रथम कार्यसमिति चयन गरेको हो ।

साधारण सभाबाट संघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा महाकाली सुगर मिलका महाप्रबन्धक श्रीकृष्ण महतो चयन भएका छन् । यस्तै, सचिवमा कुमार भण्डारी, कोषाध्यक्षमा अक्षिता देवल, कार्य समिति सदस्यहरुमा गणेश कुमार रोक्का, राकेश मण्डल, आरती भट्ट र अनिल रावत चयन भएका छन् ।

संघका केन्द्रीय अध्यक्ष डा. अतुल अपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृत हरिसिंह बोहराले शुभकामनासहित प्रमाणपत्र प्रदान गरेका थिए । साथै केन्द्रीय अध्यक्ष उपाध्यायले पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए ।

२०४७ सालमा स्थापना भएको नेफोस्टाले पहिलो पटक सुदूरपश्चिममा ‘फार वेस्ट च्याप्टर’ गठन सम्पन्न गरेको हो । संस्थाले खाद्य विज्ञान तथा प्रविधि सम्बन्धि ज्ञानको विकास र सम्बद्र्धनका क्षेत्रमा विगत लामो समयदेखी काम गर्दै आएको केन्द्रीय अध्यक्ष उपाध्यायले बताए ।

यस्तै खाद्य विज्ञान तथा प्रविधिको प्रशिक्षण तथा अनुसन्धानात्मक अनुभव बाट प्राप्त विचारहरुको आदान प्रदान गर्ने र देशमा वैज्ञानिक अनुसन्धानको वातावरण सिर्जना त्यसलाई सक्रिय तुल्याउने उद्देश्य रहेको नव निर्वाचित अध्यक्ष महतोले बताए । उनले खाद्य प्रविधिको माध्यमबाट राष्ट्रिय विकासमा योगदान दिने व्यक्ति विशेषलाई प्रोत्साहन गर्ने, खाद्य प्रविधिज्ञ तथा व्यवसायी बिचको एकता अभिवृद्धि गर्ने जस्ता उद्देश्य राखेर काम गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार