आफैँलाई गोली हानेकी सैनिकको मृत्यु

माैलिक संवाददाता 2140+ समाचार ( )
८ वैशाख २०७९, बिहीबार

काठमाडौं । आफैँलाई गोली हानेकी एक सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको हो । 

उनलाई उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआउँदा भैरहवामै उपचार गरिएको शाहले जानकारी दिए । डिएसपी शाहका अनुसार सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै