आजको मौसम

यी पाँच प्रदेशमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

धनगढी । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान मशाशाहाले जानकारी दिएको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

यसको प्रभावले सोमबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ । पछिल्लो तीन घण्टामा हेटौंडामा ४५ मिलिमिटर वर्षा मापन भएको छ भने भरतपुरमा ३१.८ मिलिमिटर, रामपुरमा ३१ मिलिमिटर, तनहुँमा २१ मिलिमिटर, धनुषामा २६ मिलिमिटर वर्षा भएको छ ।

Advertisement

सोमबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखामो पूर्वानुमान रहेको छ ।

दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ ।

Advertisement

त्यस्तै देशका उच्च–पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको तराईका भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

Advertisement

राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।