पत्रकार श्रेष्ठ र सुब्बा धरौटीमा रिहा

काठमाडौं । अवहेलना मुद्दामा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बा धरौटीमा रिहा भएका छन् । २५/२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेशसँगै दुवै जना धरौटी बुझाएर रिहा भएका हुन् ।

विशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले बिहीबार दुवै जनाको बयान र थुनछेक बहसपछि २५/२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

Advertisement

दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गरेका हुन् ।

वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरे ।

Advertisement