‘ग्रीन आर्मी’ बारे सदनमा चर्चा, छानबिन गर्न माग

काठमाडौं । बाढी प्रभावित क्षत्रेमा देखिएको ‘ग्रीन आर्मी’को बहस सदनमा प्रवेश गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद हरिमोहन भण्डारीले यसबारे छानबिन गर्न माग गरेका हुन् । उनले भने, ‘यो हरियो सेना भनेको के हो रु यसका बारेमा अविलम्ब छानबिन गर्न जरुरी देखेको छु ।’

Advertisement

पछिल्लो समय सामाजिक सञ्जालमा नेपाली सेनाको जस्तै पोसाक लगाएर बाढी प्रभावित क्षेत्रमा यो समूह पुगेपछि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

Advertisement